दफा ७०
थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सकिने
(१) कुनै अभियुक्तबाट लिएको धरौट, जमानत वा बैंक जमानतको रकम पछि अपर्याप्त भएको देखिन आएमा अदालतले निजसँग थप धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको थप धरौट, जमानत वा बैङ्क जमानत दिन नसकेमा त्यस्तो अभियुक्तलाई अदालतले थुनामा राख्न सक्नेछ ।